कोशी प्रदेशका पत्रकार आन्दोलित, चरणबद्ध आन्दोलनको घोषणा
विराटनगर। कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समिति चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
महासंघका महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले संसद्मा दर्ता गरी न्याय प्रशासन तथा विधायन समितिबाट पारित गराएर प्रदेशसभामा पेस गरेको उक्त विधेयक स्वीकार्य छैन ।’ विभिन्न संघसंस्थाका प्रतिन...












