१७ बैशाख, खोटाङ। खोटाङको हलेसी तुवाचुङ ७ स्थित जयराम दिक्तेल सडक खण्डमा शनिबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने जगतशेर राईको १० बर्षिय छोरा शिसन राई रहेका छन्। उनलाई बाटो काट्ने क्रममा को २ त ५७८० नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो। ठक्करबाट घाईते बालकलाई उपचारकालागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेशीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia