12272952_970777332970194_1593631619_n

मंसिर ८ इनरुवा/ मधेश आन्दोलन सम्बोधनका नाममा सुनसरी जिल्लालाई कित्ताकाट गर्न नहुने भन्दै सुनसरीमा एमाले र काँग्रेसको जिल्ला पंक्ति अखण्ड सुनसरीको पक्षमा एकमत भएको छ ।सुनसरी जिल्ला वर्षौ पहिला मोरङबाट अलगिएकाले अहिले आएर सप्तरी तर्फ एकीकरण गर्न खोजिनु ऐतिहासिक भूल हुने भन्दै एमाले काँग्रेस, एमाओवादी र राप्रपा नेपाल सहितले मोरङसँगको सम्बन्ध टुटाउन भुल गरिए अमान्य हुने बताएको छ ।सुनसरीको इनरुवा स्थित एमाले पाटी कार्यालयमा मंगलवार आयोजित सर्वपक्षिय पत्रकार सम्मेलनमा सहभागि सरकारवादी राजनैतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघ इनरुवाले जिल्ला टुक्राउने षडयन्त्र उक्त भए शिर्षस्थ नेताका साथै सरकारी निर्णय विरुद्ध आन्दोलन छेड्ने चेतावनी दिएको हो ।आर्थिक, सामाजिक, सांस्कृति र भाषिक विषयमा मोरङ र सुनसरीमा एक रुपता भएकाले पनि कुनैपनि हालतमा जिल्ला विभाजन मान्य नहुने पत्रकार सम्मेलनका वीच जानकारी गराइयो ।
पत्रकार सम्मेलनकावीच जिल्लास्थित रहेका अन्य राजनैतिक दलहरुलाई समेत सहमतिमा ल्याएर मंसिर १० गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइने कार्यक्रम तय भएको जनाइएको छ ।राज्य सँगको मागलाई मधेश आन्दोलनसँग नजोड्नका लागि आग्रह गर्दै पत्रकार सम्मेलनमा सहभागि दलहरुले राज्यले मधेश आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्नेमा समेत जोड दिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia