स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा, रामधुनी नगरपालिका पनि कामकाज ठप्प
इनरुवा । सुनसरीको १२ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिए पछि स्थानीय तहमा कामकाज ठप्प हुन पुगेको छ । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन समित अन्तर्गत रामधुनी नगरपालिकाका कर्मचारीहरु काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हो ।
स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा...












