प्रकाशपुर जादै गरेको टेम्पो दुर्घटना हुदा तिन घाइते
१ असोज, इनरुवा। सुनसरीको रामधुनी नगरपालिका-४ स्थित अमाही खोला नजिकै लालपुरबाट प्रकाशपुरतर्फ जादै गरेको को १ ह ९११२ नम्बरको टेम्पो अनियन्त्रित भइ दुर्घटना हुदा टेम्पो चालक रामधुनी नगरपालिका-६ बस्ने ४१ बर्षिय मेख बहादुर देउजा, उनकै श्रीमती ३२ बर्षिय रेसु देउजा र सोही ठाउँकी ६० बर्षिया जानुका विष्ट घाइते भएका छन्। घाइते तीनै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ।












