११ जना फरार प्रतिवादी पक्राउ

११ जना फरार प्रतिवादी पक्राउ
प्रहरीले रौतहटबाट ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना फैसला भएपछि फरार रहेकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर उमाशंकर प्रसादले बताए । पक्राउ पर्नेमा शेख अजिज मियाँ दर्जी, जमिल अख्तर, जमिला शेखिन, शेख बनु, शेख हबुज, शेख टईट, रामबिलास पटेल, जगा माझी मुसहर, बाबुलाल माझी, धुनिया मुसहर्नी र कैलास माझी छन् । किर्ते, गाली बेइज्जती, कुटपि...

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आइतबार बिहान पल्टिएको थियो। दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए।

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ लमही नगरपालिका-५ घर भएका २१ वर्षीय रवि सिंह रसैली रहेका छन्। पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना खिची राखेको अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उक्त कार्यमा संलग्न रविलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट...

स्कारपियोभित्र लुकाइराखेको १४ पोका गाँजा बरामद

स्कारपियोभित्र लुकाइराखेको १४ पोका गाँजा बरामद
सुनसरीबाट सीमापार गाँजा लैजादै गरेको अवस्थामा दुईवटा गाडी तथा एउटा मोटरसाइकलबाट ५७३ केजी गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले स्कारपियो, टाटा सफारी र मोटरसाइकलबाट अलगअलग स्थानमा गाँजा बरामद गरेको हो । गत माघ २४ गते बिहान ३ बजे इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको एचआर–७–ओई–९५०२ नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भगाए...

महोत्तरीको जलेश्वर कारागारमा १ जना कैदीको मृत्यु

महोत्तरीको जलेश्वर कारागारमा १ जना कैदीको मृत्यु
महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो। कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो ।‘उनले ग्यासको ट्याब्लेट खाँदै आएका थिए । राति अचानक बेस्सरी पेट द...

हत्याको २४ घण्टामै २ आरोपी पक्राउ

हत्याको २४ घण्टामै २ आरोपी पक्राउ
प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो । १८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ ...

शिक्षा समितिको बैठक बस्दै

शिक्षा समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बागलुङका किसानले फलाए १३ केजीको काउली

बागलुङका किसानले फलाए १३ केजीको काउली
बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले करिब १३ केजीको काउली फलाएका छन् ।गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । उनले १८ रोपनी जग्गामा तरकारीखेती गर्दै आएका छन् । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने सोच नआएको जनाउँदै उनले गाउँमै उद्यमी बनेको ब...

‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो

‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो
काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’ विरुद्धको मुद्दा फिर्ता लिएको छ । चलचित्र संघलाई जानकारी पत्र लेख्दै अदालतले शुक्रबार मुद्दा फिर्ताको आदेश आएको जनाएको छ । नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाउँदै अघिल्लो शुक्रबार प्रतिलिपि अधिकारबारेको मुद्दा दायर गरेका थिए । त्यसपछि अदालतले तत्काल फिल्मको प्रदर्शन रोक्न आदेश दिएको थिय...

खोलामा डुबेर एक पुरुषको मृत्यु

खोलामा डुबेर एक पुरुषको मृत्यु
सल्यानमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दार्मा गाउँपालिका-३ बाँझठाना घर भएका २५ वर्षका काले पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार पाण्डे दिउँसो एक बजेतिर खोलामा कपडा धुन गएका थिए । मानसिक रोग भएका उनी एक्कासि बेहोस भएर लड्दा खोलामा डुबेका थिए ।पाण्डेको घटनास्थलमै मृत्यु भएको र घटनास्थलमा अहिले प्...
trusted online casino malaysia