भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने

भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह हुने भएको छ । पालिकाको वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिर को प्राङ्गणमा हुने भएको हो। नौदिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा-गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै प्रत्येक दिन विहान ७ बजे देखि अखण्ड हवन यज्ञ १७ गतेसम्म...

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य विमा कार्ड

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य विमा कार्ड
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालौ प्रजातन्त्र दिवसको अवसरमा निशुल्क स्वास्थ्य विमा कार्ड वितरण गरेको छ। पालिकाको वार्ड न २,३ र ४ का स्थानीय बासिन्दाहरुलाई निशुल्क स्वास्थय बिमा कार्ड वितरण गरेको हो। स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका उमेदवार बनेका अजमल अख्तर आजादले जनता सङ्ग गरेका प्रतिबद्धता अनुसार पहिलोपटक ५० जनाको निशुल्क स्वा...

कृषि क्षेत्रमा व्यापक सुधारको आवश्यकता: प्रदेश सांसद रामप्रसाद मेहता

कृषि क्षेत्रमा व्यापक सुधारको आवश्यकता: प्रदेश सांसद रामप्रसाद मेहता
इटहरी । कृषि यान्त्रिकरणलाई स्थानीय तथा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । कृषिमा लागत घटाउन र उत्पादन बढाउन कृषिको यान्त्रिकरण अनिवार्य रहेको बताउँदै त्यसको लागि स्थानीय र प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् । सगुन कृषि सहकारी संस्था लि. इटहरीले आयोजना गरेको कृषि यन्त्र मर्मत तालिम समापन कार्यक्रममा सहभागि प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचा...

वित्तिय संस्था कर्मचारी संघको अधिवेशन समपन्न

वित्तिय संस्था कर्मचारी संघको अधिवेशन समपन्न
इनरुवा/नेपाल वित्तिय संस्था कर्मचारी संघ सुनसरीको ९औं जिल्ला अधिवेशन इनरुवामा समपन्न भएको छ । अविधेशनले रुद्र प्रसाद नेपाललाई नेपाल वित्तिय संस्था कर्मचारी संघ सुनसरीको अध्यक्षमा चयन गरेको छ । सो अधिवेशनले अध्यक्ष सहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । चयन हुनेमा उपाध्यक्ष तर्फ रामकुमार मेहता, सचिव राधा प्रसाद घिमिरे र कोषाध्यक्षमा सुनिता रेग्मी लगायत छन । यसैगरी प्रदेश प्रतिनिधिम...

नेपाल भारत मैत्री संघद्वारा शुभकामना आदानप्रदान

नेपाल भारत मैत्री संघद्वारा शुभकामना आदानप्रदान
नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सुनसरी शाखा इनरुवाले मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । इनरुवा नगरपालिका उपप्रमुख बिनिता देवी मेहताको प्रमुख आतिथ्यमा नेपाल भारत मैत्री संघ सुनसरी शाखाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा दुई देशीय सम्वन्धको बारेमा चर्चा गरिएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख मेहत...

गृहमन्त्री रवि र मेयर बालेन्द्रबीच भेटवार्ता

गृहमन्त्री रवि र मेयर बालेन्द्रबीच भेटवार्ता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि ...

पत्रकार महासंघलाई शोक

पत्रकार महासंघलाई शोक
पत्रकार महासंघ सुनसरीको शाखा कार्यालयमा सोमबार देखि शोक पुस्तिका राखिएको छ । आइतबार काठमाडौँ–पोखरा उडानमा रहेको नाइनएन एटिआर–७२ जहाज अवतरणको क्रममा पोखरामा भएको दुर्घटनामा ७२ जना सहित नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासङ्घले आइतबार देखी १३ दिन सम्म शोक मनाउने गरेको निर्णय अनुसार शोक पुस्तिका राखिएको हो । महासङ्घका केन्द्रीय, प्रदेश, जिल्ला सबै कार्यालय बन्द...

विमान दुर्घटनामा मृत्यु भएका मध्ये २६ जनाको पहिचान

विमान दुर्घटनामा मृत्यु भएका मध्ये २६ जनाको पहिचान
पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दल चार सहित ७२ जना सवार थिए ।अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्...

भेडेटार फूड फेस्टिबलको तयारी पुरा, भोलि बिहान उद्घाटन

भेडेटार फूड फेस्टिबलको तयारी पुरा, भोलि बिहान उद्घाटन
भेडेटार/भोलिबाट सुरु हुन लागेको भेडेटार फूड फेस्टिबलको तयारी पुरा भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गर्न लागिएको दशौं फूड फेस्टिबल भोलिबाट तीन दिन सम्म चल्ने छ । कार्यक्रमको औपचारिक उद्घाटन भोलि बिहान १० बजे हुने कार्यक्रम रहेको छ ।फूड फेस्टिबलमा १ करोड बढीको आर्थिक कारोबार हुने होटल एशोसिएसन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् । फेस्टिबलले भेडेटारलाई आन्तरि...

संसदीय दलको नेतामा देउवा निर्वाचित

संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  बुधबार बिहान ८ बजेदेखि १० बजे सम्म भएको निर्वाचनमा दलको नेतामा प्रधानमन्त्री समेत रहेका देउवा निर्वाचित भएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । ८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मत सहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए ।
trusted online casino malaysia