इनरुवामा दमकल छैन् : आगलागी भए समन्वय गरौं (सम्पर्क नम्वर सहित)

इनरुवामा दमकल छैन् : आगलागी भए समन्वय गरौं (सम्पर्क नम्वर सहित)
इनरुवा नगरपालिकाको बारुण यन्त्र (दमकल) बिरगञ्ज पु¥याइएको छ । काम नलाग्नेगरी बिग्रिएपछि मर्मतकालागि दमकल बिरगञ्ज लगिएको इनरुवा नगरपालिकाले जनाएको छ । जाडोयाम रहेकाले यतिवेला ग्रामिण लगायतका भेगमा दैनिकजसो आगलागी भैरहेका छन् । सदरमुकाममा रहेको दमकल एकसातायता बिग्रेकाले आसपासका पालिकाहरुमा रहेका दमकलको भरपर्नुपर्ने अवस्थाको सृजना भएको छ । इनरुवा नगरपालिकाको दमकल इन्चार्ज बिनोद भट्टराईका अनुसार द...

इनरुवामा बिद्यार्थीलाई किताबको भारी बोकाउन नपाइने

इनरुवामा बिद्यार्थीलाई किताबको भारी बोकाउन नपाइने
इनरुवा नगरपालिका भित्र संचालनमा रहेका विद्यालयहरुले विद्यार्थीलाई बोझिलो हुने गरी किताबको भारी बोकाउन नपाउने भएका छन् । नगर शिक्षा समन्वय इकाईको निर्णय अनुसार निजी विद्यालयका हकमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार नगरभित्र संचालनमा रहेका सबै विद्यालयकालागि नियम अनिवार्य गरिएको छ । संस्थागत विद्यालयले आफुपायकका किताब पाठ्यक्रममा समावेश ग...

इनरुवामा आयोजना हुने मनमोहन कप राष्ट्रिय क्रिकेटको तयारी तिव्र

इनरुवामा आयोजना हुने मनमोहन कप राष्ट्रिय क्रिकेटको तयारी तिव्र
https://www.facebook.com/112654112466256/photos/pcb.761352200929774/761352014263126/?type=3&theater मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारिएको छ । इनरुवा खेल मैदानमा पुष २१ गतेबाट संचालन हुने प्रतियोगिता माघ ७ गते सम्म चल्ने छ । प्रतियोगिता संचालनको मिति नजिकिएसँगै खेल मैदानमा आवश्यक पूर्वाधार निर्माणको काम तिव्र पारिएको छ । खेलकालागि पिच निर्माणको कार्य ...

इनरुवा जेसिजको अध्यक्षमा जितेन्द्र यादव

इनरुवा जेसिजको अध्यक्षमा जितेन्द्र यादव
इनरुवा । इनरुवा जेसिजको २०१९ को लागि जितेन्द्र यादव सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । सोमबार बसेको इनरुवा जेसिजको ३५ औं शाखा अधिवेशनले यादवले २०१९ को लागि इनरुवा जेसिजको अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचन अधिकृत सुनोज निरौलाका अनुसार जितेन्द्र यादव अध्यक्ष, दिपेश भट्टराई र चन्दन यादव एभीपी,मुन्ना गुप्ता र राजीव मेहता त्यसैगरी कंचन कोइराला बराल र जीवन शाही भीपीमा सर्वसम्मत रूपमा २०१९ का...

काङ्ग्रेसको राष्ट्रिय मेलमिलाप दिवसमा सम्पन्न

काङ्ग्रेसको राष्ट्रिय मेलमिलाप दिवसमा सम्पन्न
इनरुवा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको सोच देशको लागि घातक भएको बताएका छन् । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली काङ्ग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले दुई तिहाइको नाममा ओली आफू बलियो बनेको दाबी गरेका हुन । देश संकटमा पर्दै गएको दाबी गर्दै नेता आचार्यले भने देशमा पह...

अपाङ्गता भएकाहरुकालागि सहयोगी सामग्री हस्तान्तरण

अपाङ्गता भएकाहरुकालागि सहयोगी सामग्री हस्तान्तरण
इनरुवा। अपाङ्गता भएकाहरुकालागि सुनसरीको इनरुवामा सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति सुनसरीमा आयोजित विशेष कार्यक्रमकाबीच पहिलो चरणमा १४ जना अपाङ्गता भएका व्यक्तिकालागि हुइलचेयर र ट्राई साइकल बितरण गरिएको हो । राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको सहयोगमा उपलब्ध सहयोगी सामग्री करुणा फाउण्डेसन नेपाल र जिसस सुनसरीको समन्वयमा अपाङ्गता भएका व्यक्तिको उपस्थितीकाबीच सम्वन्धित पर...

इनरुवामा खुल्यो पत्रकारको सम्पर्क कार्यालय

इनरुवामा खुल्यो पत्रकारको सम्पर्क कार्यालय
इनरुवा।सुनसरी सदरमुकाम इनरुवामा पत्रकारकालागि सम्पर्क कार्यालय संचालनमा आएको छ । नेपाल पत्रकार महासंघ सुनसरी शाखा मातहत रहनेगरी इनरुवामा सम्पर्क कार्यालय संचालनमा ल्याइएको हो । जिल्ला समन्वय समिति सुनसरीको कार्यालयले महासंघकालागि कोठा उपलब्ध गराएपछि सम्पर्क कार्यालय स्थापना गरिएको छ । साविक जिविसको कार्यालयसँगैको भवनमा तत्कालिन समयमा संचालनमा रहेको जिल्ला प्रशासन कार्यालयको प्रजिअ कक्ष महास...

लैगिंक हिसा नियन्त्रण सञ्जाल समिति गठन

लैगिंक हिसा नियन्त्रण सञ्जाल समिति गठन
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा जिल्ला प्रहरी कार्यालयको प्रयासमा लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी उपरीक्षक राजन अधिकारीको संयोजकत्वमा १९ सदस्य समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका सेवा केन्द्रकी विनुमाया बस्नेत, सदस्यहरुमा पत्रकार जकयृष्ण यादव , अधिकारकर्...

सुनसरीमा डिएपी मल अभाव किसान समस्यामा

सुनसरीमा डिएपी मल अभाव किसान समस्यामा
इनरुवा। सुनसरीका किसानहरुले बजारमा डिएमपी मल अभाव भएको भन्दै विना मलखाद्धकै मकैं खेती गर्न बाध्य भएका छन् । सरकारले प्रयाप्त मल बजार रहेको दावी गरेपनि सुनसरीको इनरुवा, हरिनगर, गढी, दुहवी, रामधुनी सहितका किसानहरुले बजारमा डिएमपी मल अभाव भएको गुनासो गरेका छन् । बजारमा दुई महिनायता पोटास मल अभाव रहेकोमा पोटास विना गहु छर्न बाध्य रहेका सिकानहरु अहिले केही गहु र मकैं खेती गर्ने किसानहरु पोटासगैं डिएपी...

शुद्ध तेलका लागि सुनसरीमा तोरी खेती

शुद्ध तेलका लागि सुनसरीमा तोरी खेती
इनरुवा। सुनसरीका किसानहरुले आफ्नो उपभोगका लागि तोरीबाली लगाउन थालेका छन् । बजारमा बढ्दो मिसावट युक्त तेलको कारणले मानव स्वास्थ्यमा नराम्रो असर परेको भन्दै किसानहरु शुद्ध तेलका लागि तोरी खेती थालेका हुन् । सुनसरीको इनरुवा ९ बबियाका किसान मसहरु साहले आफ्नो घरमा बजारको तेल उपभोग गर्दा पेट सम्बन्धी समस्या देखिएको र बोसो समेत बढेकाले शुद्ध खाने तेलका लागि आफ्जो बारीमा तोरी खेती गरेको बताउनुभयो । म...
trusted online casino malaysia