हरिपुरमा भारतीय गाडीको ठक्कर बाट ८ वर्षीय बालकको मृत्यु

हरिपुरमा भारतीय गाडीको ठक्कर बाट ८ वर्षीय बालकको मृत्यु
भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा भारतीय गाडीको ठक्कर बाट ८ वर्षीय बालकको मृत्यु भएको छ । मंगलवार ४ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको DL 3 CBM 1398 नम्बरको महेन्द्राको जेलो गाडीले पैदल यात्री स्थानीय बिधानन्द सदाको ८ वर्षीय छोरा आनन्द कुमार सदा लाई ठक्कर दिदै उनको मृत्यु भएको हो । ठक्कर बाट गम्भीर घाइते आनन्द लाई उपचारको लागि पठाएकोमा अस्पतालमा उपचारको क्रममा मृत...

सुनसरीमा ठेकेदारको अवैध असुली जारी, जिससको ६० लाख पनि बुझाएनन् ठेकेदारले

सुनसरीमा ठेकेदारको अवैध असुली जारी, जिससको ६० लाख पनि बुझाएनन् ठेकेदारले
इनरुवा। सुनसरीको पूर्वपश्चिम राजमार्गमा विभिन्न बहानामा अवैध कर असुलीको कार्य भइरहेको गुनासो बाहिर आएको छ । जिल्ला समन्वय समितिका ठेकेदार भन्दै राजमार्गमा जिल्लाको भाण्टावारी, इटहरी, दुहबी सहितका क्षेत्रमा अवैध कर संकलन भइरहेको हो । स्थानीय स्वायत्त शासन ऐनअनुसार जिल्लामा उत्पादित बस्तुको अन्य जिल्ला निकासी हुँदा सम्बन्धित जिल्ला विकास समितिले कर लिन पाउने व्यवस्था छ । तर जिल्ला समन्वय समितिबाट अन...

बाल अधिकार तथा क्षमता अभिवृद्धि तालिम सुरू

बाल अधिकार तथा क्षमता अभिवृद्धि तालिम सुरू
इनरुवा। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका सदस्यहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम मंगलबारबाट सुनसरीको इटहरीमा सुरू गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षकहरूको क्षमता...

स्थानीय तहका कर्मचारी आन्दोलित, १० दिनदेखी काम प्रभावित, सेवाग्राही मारमा

स्थानीय तहका कर्मचारी आन्दोलित, १० दिनदेखी काम प्रभावित, सेवाग्राही मारमा
इनरुवा। संघीय सरकारले हालै जारी गरेको कर्मचारी समायोजन ऐन २०७५ साविकका स्थानीय निकायमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै सुनसरीको इनरुवा नगपालिका र धरान उपमहानगरपालिका सहित १२ वटै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरु आन्दोलित भएपछि १० दिनदेखी जिल्लाका सेवाग्राहीहरु मारमा परेका छन् । इनरुवा नगरपालिकाका कर्मचारीहरुले आन्दोलनको क्रममा मंगलबार विहान वृहत विरोध प्...

भाण्टावारीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

भाण्टावारीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारीमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो को ३६ प ६८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्कुटीमा सवार एकजनाको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट को ११ प ९८६६ नम्बरको स्कुटीमा सवार बरहा नगरपालिका ५ कालावन्जर बस्ने अन्दाजी ४५ वर्षका रामदेव ठाकुरको मृत्यु भ...

गाई काटेको आरोपमा भोक्राहाबाट एक पक्राउ

गाई काटेको आरोपमा भोक्राहाबाट एक पक्राउ
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. २ लवटोलियाको बाँसघारीमा आज लुकीछिपी काटीरहेको गाईको मासु सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भोक्राहाको अकाहा प्रहरी चौकीका असई देवकुमार यादवको नेतृत्वमा खटिएको टोलीले विशेष सुराकीको अधारमा गाईको मासु सहित भोक्राहा नरसिंह २ का सदरुल अंसारीलाई पक्राउ गरेको हो । गाई काट्नमा संगलन भएका अरु थप ७ जना फरार भएको भोक्राहा प्रहरी चौकीका असई ...

एनआई सी एशिया बैंकको दुई वटा शाखा सुनसरीमा

एनआई सी एशिया बैंकको दुई वटा शाखा सुनसरीमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा १ र बराह क्षेत्र नगरपालिका १० प्रकाशपुरमा एकै साथ एनआई सी एशिया बैंकको शाखा कार्यालय आइबारबाट सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमका बीच सदरमुकाम इनरुवा र बराहक्षेत्रमा एनआई सी एशिया बैंक शाखा कार्यालय सञ्चालनमा आएको बैंकका इनरुवा शाखा प्रमुख देवसरण मेहताले जानकारी दिनुभयो । इनरुवामा इनरुवा नगरपालिकाका मेयर राजन मेहता र बराह क्षेत्रमा बराह क्षेत्र नगरपालिकाक...

बालविवाह न्यूनीकरणमा सक्रिय इनरुवाकी युवा अभियन्ता अल्बिना प्रविन

बालविवाह न्यूनीकरणमा सक्रिय इनरुवाकी युवा अभियन्ता अल्बिना प्रविन
एसियायी मुलुकमा बिद्यमान बालविवाह न्यूनीकरण सम्बन्धी प्रतिवेदन समारोहमा नेपालको तर्फबाट सुनसरी इनरुवा नगरपालिका ९ बबियाकी युवा अभियन्ता अल्बिना प्रविन सहभागी भएकी छन् । प्लान इन्टरनेसनल एसिया क्षेत्रीय कार्यालयले थाइल्यान्डको बैंककमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी हुँदै १७ वर्षीय अल्बिनाले नेपालमा बालविवाहको वर्तमान अवस्थाको बारेमा जानकारी गराएकी थिइन् । अल्बिनासंग इनरु...

अगुवा कृषकलाई आधुनिक खेती बारे तालिम

अगुवा कृषकलाई आधुनिक खेती बारे तालिम
लौकही । सुनसरीको कोशी गाउँपालीका वार्ड ४ मा आधुनिक खेती प्रविधि बारे अगुवा कृषकलाई तालिम दिएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ४ को सहयोगमा समाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका सुनसरीको आयोजना सो तालिम सम्पन्न भएको हो । वार्ड नम्बर ४ का अध्यक्ष अमिन मिया नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका सुनसरीका अध्यक्ष हजरत हुसेनले गरेक...

भोक्राहामा दाइजो विरुद्ध सचेतना

भोक्राहामा दाइजो विरुद्ध सचेतना
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । इस्लामी संघले देशव्यापी चलाएको दाइजो विरुद्धको अभियान अन्र्तगत सुनसरीको भोक्राहामा सचेतना कार्यक्रम आयोजना गरिएको हो । इस्लामी संघ भोक्राहा नरसिंह गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा दाइजो विरुद्धका चर्चा पमप्लेट सहितको र्याली निकालिएको थियो ।र्याली पश्चात आयोजित कोणसभामा बोल्ने बक्ताहरुले दाइजो विरुद्ध बेला...
trusted online casino malaysia