सुनसरी क्याम्पस इनरुवामा निःशुल्क कम्प्युटर तालिमको प्रवेशिका परीक्षा सम्पन्न

सुनसरी क्याम्पस इनरुवामा निःशुल्क कम्प्युटर तालिमको प्रवेशिका परीक्षा सम्पन्न
इनरुवा। नेपाल विद्यार्थी संघ इकाई समितिको आयोजनामा हुनलागेको निःशुल्क आधारभूत कम्प्युटर तालिम छनौट प्रक्रियाका लागि शुक्रबार प्रवेशिका परीक्षा सम्पन्न भएको छ। क्याम्पसका विभिन्न संकायमा अध्ययनरत ६२ जना विद्यार्थी उक्त परीक्षामा सम्मिलित भएका थिए। प्रवेशिका परीक्षाको माध्यमबाट छनौट भएका २० जना विद्यार्थीहरूलाई इनरुवा १ शान्ति चौकमा रहेको Inaruwa CSE पूर्ण रूपमा निःशुल्क तालिम प्रदान गरिने ने...

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार
सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा प्रहरीले २१७ केजी गाँजा बरामद गरेको छ। फागुन २७ गते राति करिब ११:१० बजे गौतमपुरबाट हरिनगर तर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीलाई प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले रोक्न खोज्दा चालक नरोकी फरार भएको प्रहरीले जनाएको छ। पछि इलाका प्रहरी कार्यालय हरिनगर, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खट...

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ
इनरुवा। सुनसरीको कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासलाई सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार फागुन २४ गते बिहान करिब ६ बजे दासले आफ्नो मकैबारीमा आएको भन्दै एउटा सामुदायिक कुकुरलाई लठ्ठीले कुटपिट गरी मारेको भन्ने जाहेरी परेको थियो। सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई फागुन २७ गते दिउँसो ३:२० बजे आफ्नै घरबाट पक्...

सुनसरी प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लियो

सुनसरी प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लियो
फागुन २५ गते साँझ १८:२० बजे सुनसरीको ईनरुवा–४ पुर्ब पश्चिम राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा को ३१ प ३२५५ नम्बरको मोटरसाइकलबाट ३५.२६ ग्राम ब्राउन सुगर जस्तो पदार्थ बरामद गरेको छ। मोटरसाइकलमा सवार ईटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरी र चालक ईटहरी–१८ का २९ वर्षीय जेम्स राईलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

जाली नोट सहित इनरुवाका एक युवा पक्राउ

जाली नोट सहित इनरुवाका एक युवा पक्राउ
इनरुवा नगरपालिका वडा नं. ०५ स्थित सब्जी बजारमा फागुन ५ गते बेलुका करिब ७ बजे तरकारी खरिद गरी जाली नोट दिएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी बाट खटिएको टोलीले चेकजाँच तथा खानतलासी गर्दा इनरुवा नगरपालिका वडा नं. १० बस्ने वर्ष २५ का आजाद मियाको साथबाट ने.रू. ५०० दरका ८ थान जाली नोट जस्तो देखिने नगद फेला परेको प्रहरीले जनाएको छ।...

भोक्राहानरसिंह ८ बाट लागू औषधसहित एक जना पक्राउ

भोक्राहानरसिंह ८ बाट लागू औषधसहित एक जना पक्राउ
इनरुवा। प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको चेकिङ टोलीले माघ ४ गते दिउँसो १४:३० बजेको समयमा जिल्ला सुनसरीको भोक्राहानरसिंह गाउँपालिका वडा नं.–०८ सिशुवाधरमपुरमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट भुटाहातर्फ आउँदै गरेको BR38AE 6383 नम्बरको मोटरसाइकललाई चेकजाँच तथा खानतलासी गर्ने क्रममा मोटरसाइकल चालक भोक्राहानरसिंह ०८ बस्ने वर्ष ४२ का नौसाद आलमको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देख...

हुलाकी राजमार्गमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ घाइते

हुलाकी राजमार्गमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ घाइते
इनरुवा। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक आज बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुने सबै सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ का एउटै बस्तीका बासिन्दा हुन् । मृत्यु हुनेमा ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय...

इनरुवा जेसिजको ४२औँ पदस्थापना : मनोज निरौलालाई जिम्मेवारी हस्तान्तरण

इनरुवा जेसिजको ४२औँ पदस्थापना : मनोज निरौलालाई जिम्मेवारी हस्तान्तरण
इनरुवा, पुस २६ । वर्ष २०२६ का लागि जेसी मनोज निरौलालाई पदीय दायित्व हस्तान्तरण गर्दै इनरुवा जेसिजको ४२औँ पदस्थापना गत शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा पूर्वअध्यक्षहरूले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादवको गलाबाट जेसिज चेन निकालेर निरौलालाई लगाइदिएका थिए। निवर्तमान अध्यक्ष यादवले निरौलालाई पदको सपथ खुवाएका थिए। कार्यक्रम इनरुवा जेसिज वर्ष २००६ का अध्यक्ष तथा नेपाली काङ्ग्रेस इनरुवा न...

लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयको मृत्यु, बजार तनावग्रस्त

लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयको मृत्यु, बजार तनावग्रस्त
सुनसरीको कोसी गाउँपालिका–१ लौकहीमा गएराति सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि बिहीबार बिहानदेखि लौकही बजार तनावग्रस्त बनेको छ। गएराति करिब १ बजे कोसी गाउँपालिका–१ लौकहीस्थित पुरी टोलमा गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिनुभयो। घटनास्थल नेपाल–भारत सीमा क्षेत्रबाट करिब २ सय मिटर नेपालतर्फ सशस्त्र प्रहरी बेस क्याम्प (बीओपी) लौक...

नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयोजना गरेको कार्यक्रममा २०८१ पुस १७ गतेदेखि २०८२ मंसिर २९ गतेसम्म सुनसरी जिल्लामा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेखीकरण विवरण प्रस्तुत गर्दै समीक्षा गरिएको हो। इन्सेकको अभिलेख अनुसार सुनसरीमा महिला बलात्कारका १०, बालिका बलात्कारका २१, बलात्कार प्रयासका १५, ...
trusted online casino malaysia