भान्टाबारीमा काङ्ग्रेसको दोस्रो जागरण अभियान

भान्टाबारीमा काङ्ग्रेसको दोस्रो जागरण अभियान
भान्टाबारी। सुनसरीको कोशी गाउँपालिका ८ भान्टाबारीमा दोस्रो राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ। हिमाल,पहाड,तराई-मधेस नेपाली काङ्ग्रेसको नारा सहितको अगुवा वार्ड कमिटी कार्यकर्ताहरुको भेलामा राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि प्रवेक्षक सुक्देब मंडल, बिशिस्ट अतिथि जामिल आजद अंसारी,ऐयुब अन्सारी,न्यायिक समितिका संयोजक अनिता देबि...

रात्रिकालीन क्रिकेटमा इनरुवाको फराकिलो जित

रात्रिकालीन क्रिकेटमा इनरुवाको फराकिलो जित
सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगतको पछिल्ल्लो खेलमा आयोजक फूलबारी क्रिकेट क्लब इनरुवा बिजयी भएको छ । आयोजक इनरुवाले दुहवी विरुद्ध १ सय १९ रनको फराकिलो जित हात पारेको छ । २ सय १० रनको लक्ष पछ्याएको दुहवी ९० रनमा समेटिएपछि आयोजकले प्रतियोगिताकै फराकिलो अन्तरको जित निकालेको हो । विशाल लक्ष पछ्याएको दुहवी १७ दशमलव ५ ओभरमा अलआउट हुन पुगेको थियो ।...

सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसान जैविक तरकारी खेतीतर्फ आकर्षित

सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसान जैविक तरकारी खेतीतर्फ आकर्षित
इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रका केही किसानहरु जैविक तरकारी खेतीतर्फ आकर्षित बनेका छन् । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) तरिकाले खेती गर्दा फाइदा हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भएका छन् । किसानहरुको सोचअनुसार आम्दानी पनि बढ्ने, मानवीय स्वास्थ्यमा असर नपर्ने र माटोको उर्वराशक्तिको पनि विकास हुने भएकाले आइपिएम तरिकाले खेती गर्न थालिएको कृषी ज्ञान केन्द्र सुनसरीका बागबानी विकास अधिकृत ...

उवासंघ इनरुवाको मतगणनाको विषयमा अझै अन्यौल, नियोजित षडयन्त्र भएको लोकतान्त्रिक समूहको आशंका

उवासंघ इनरुवाको मतगणनाको विषयमा अझै अन्यौल, नियोजित षडयन्त्र भएको लोकतान्त्रिक समूहको आशंका
इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको मत गणनाको विषय थप अन्यौलपूर्ण बनेको छ । लोकतान्त्रिक र समावेशी प्यानलका उम्मेदवार सहित प्रतिनिधिबिच सदर र बदर मतको विषयमा निम्तेको विवाद समाधान हुन नसक्दा हिजोबाटै मत गणना कार्य स्थगित छ । निर्वाचन समितिले हिजो नै सूचना जारी गरी सहमति नजुटुनजेल मत गणना हुन नसक्ने भन्दै मत पेटिका सुरक्षाकर्मीको जिम्मा लगाएको थियो । विवादित विषयमा आज समेत सहमति नजुटेपछि निर्वाच...

भुटाहामा कांग्रेसको जनजागरण अभियान सम्पन्न

भुटाहामा कांग्रेसको जनजागरण अभियान सम्पन्न
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहामा आईतबार कांग्रेसको दोस्रो चरणको जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । अभियानको दोस्रो चरण अन्तरगतको कार्यक्रमहरू मध्ये वडा स्तरीय अन्तरक्रिया पार्टी सुदृढीकरण र प्रभाव विस्तार गरी गाउँ–गाउँमा रहेका काँग्रेसका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व श्रम राज्य मन्त्री दिलिप गच्छदारले...

रात्रिकालीन क्रिकेट : धरान बिजयी

रात्रिकालीन क्रिकेट : धरान बिजयी
सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत गयराती सम्पन्न खेलमा वीपी केआइ एचएस धरान बिजयी भएको छ । १ सय १९ रनको लक्ष पछ्याएको इटहरी ७३ रनमै समेटिएपछि धरानले ४५ रनको जित हात पारेको हो । धरानलाई जित दिलाउन दिलिप गुप्ताले ३ तथा चुन्नु यादव र प्रमोदमान सिंह यादवले २–२ विकेट लिए । इटहरीका ५ खेलाडी बोल्ड आउट भएका थिए । इटहरीका लागि अनिश लुइटेलले २० र मनिष ...

संविधान संशोधन सैद्धान्तिक हिसाबले गर्नुपर्नेः प्रचण्ड

संविधान संशोधन सैद्धान्तिक हिसाबले गर्नुपर्नेः प्रचण्ड
इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन सैद्धान्तिक हिसाबाले हुने बताएका छन् । सुनसरीको रामधुनी स्थित झुम्का बजारमा थारु कल्याणकारी संघले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले भने,‘यो संविधानलाई गतिशिल दस्ताबेज मानेका छौँ, यसलाई संशोधन गर्दै जाने कुरामा हाम्रो प्रयास निरन्तर जारी छ।’ उनले संविधान पूर्ण नभएको र यसमा धेरै कुरा समावे...

उवासंघ इनरुवाको मतगणना स्थगित

उवासंघ इनरुवाको मतगणना स्थगित
इनरुवा/उद्योग वाणिज्य संघ इनरुवाको मत गणना स्थगित भएको छ । नयाँ कार्य समितिकालागि शनिबार भएको मतदान पश्चात आइतबार बिहानबाट सुरु हुने भनिएको मत गणना अनिश्चितकालका लागि स्थगित गरिएको हो ।सदर र बदर मतको विषयमा सहमति जुट्न नसकेपछि गणना स्थगित गरिएको निर्वाचन समितिका संयोजक कृष्ण दाहालले बताए । दाहालका अनुसार स्वस्तिक चिन्ह छापको विषयमा उत्पन्न विवादपछि सहमति नजुटुनजेल सम्मकालागि गणना कार्य स्थगित गरिए...

रात्रिकालीन क्रिकेटमा जनकपुरको बिजयी सुरुवात

रात्रिकालीन क्रिकेटमा जनकपुरको बिजयी सुरुवात
सुनसरीको इनरुवामा सुरु दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेटमा जनकपुरले बिजयी सुरुवात गरेको छ ।गयराती सम्पन्न उद्घाटन खेलमा जनकपुरले चितवनलाई ८ विकेटले पराजित गरेको हो । इनरुवा खेल मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो ।चितवनका लागि विकल कुमार गुप्ताले ३३, दिपेश श्रेष्ठले २३ रन र सपनिल अधिकारीले १८ रन बनाउनु...

उवासंघ इनरुवामा मतदान जारी

उवासंघ इनरुवामा मतदान जारी
उद्योग वाणिज्य संघ इनरुवामा नयाँ कार्य समिति चयनकालागि मतदान जारी छ ।१३ सय १२ मतदाता रहेको संघले चुनावी परिणामसँगै दशौं कार्य समिति तय गर्ने छ । बिहान ८ बजेबाट सुरु मतदान ५ बजे सम्म चल्ने निर्वाचन संयोजक रमेश प्रसाद दाहालले बताए ।अध्यक्ष पदका उम्मेदार वीरेन्द्र शाहको नेतृत्वमा लोकतान्त्रिक समूह र समावेशी तर्फ पंचदेव मेहता अध्यक्ष रहेको प्यानल चुनावी दौडमा रहेको छ । सदस्य तर्फ जिबराज दाहाल र प्रित...
trusted online casino malaysia