सेउती, बूढी र केसलिया खोला आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सुनसरी। सुनसरी र मोरङ जिल्ला भित्र पर्ने सेउती, बूढी र केसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले आइतबार बिहान सूचना जारी गर्दै वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेषगरी आइतबार दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै ज...












