दोषी प्रहरी निरीक्षक उपर कार्वाहीको सिफारिस
१ मंसिर, इनरुवा। जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेल कार्वाहीमा परेका छन् । चिकित्सकमाथि हातपात गरेको पुष्टि भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले कार्वाहीकालागि १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको जिम्मा लाउने भएको छ ।
दोषीलाई कार्वाहीको माग गर्दै आन्दोलित बनेका स्वास्थ्यकर्मीहरुले इमरजेन्सी बाहेकका सेवा ठप्प पारेपछि सर्वपक्षिय बैठक डाकिएको...












