नगरप्रमुख सहित सम्मानित

नगरप्रमुख सहित सम्मानित
इनरुवा असोज ७/ सामूदायिक जनहित सेवा केन्द्र इनरुवाले इटहरी उपमहानगरपालिकाका प्रमुख सहितलाई सम्मान गरेको छ । इलाका प्रहरी कार्यालय पकलीमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी सहित रामधुनी नगरपालिकाको उपप्रमुख सविना चौधरी नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी प्रमुख विद्यानन्द मा...

हिंसा न्यूनिकरण विषयक अभिमूखिकरण

हिंसा न्यूनिकरण विषयक अभिमूखिकरण
इनरुवा असोज ७/ सुनसरीको इटहरीमा संरक्षण विषयक क्षेत्र विस्तृत लेखाजोखा प्रारम्भ सम्वन्धि एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।युनिसेफ फिल्ड अफिस विराटनगरको सहकार्यमा, महिला तथा बालबालिका कार्यालय इनरुवाको समन्वय र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरी आयोजना सो कार्यक्रम संचालन गरिएको हो । हिंसा र विपद प्रभावित बालबालिका तथा महिला हिंसा न्यूनिकरणलाई प्राथमिकतामा राखी अभिमूखिकरण कार...

किशोरीकालागि सुनौलो भविष्य कार्यक्रम

किशोरीकालागि सुनौलो भविष्य कार्यक्रम
इनरुवा असोज ७/किशोरीका हक अधिकार सहित उजज्वल भविष्यकालागि मार्गनिर्देशको उद्येश्यसाथ १० दिने प्रशिक्षण सम्पन्न भएको छ । साझा सवालका लागि साझा मञ्च कोकन र सृष्टि समाज सुनसरीको संयुक्त आयोजनामा सुनौलो भविष्य पहिचान कार्यक्रम अन्र्तगत किशोरी शिक्षा कार्यक्रम संचालनमा सघाउ पुर्याउने उद्येश्यले जिल्लाका सहजकर्ता र सुपरभाइजरहरुलाई दश दिने प्रशिक्षण दिइएको हो । प्लान सुनसरीको सहकार्यमा सञ्चालित प्...

नवयुगको साधारणसभा सम्पन्न

नवयुगको साधारणसभा सम्पन्न
इनरुवा असोज ७ /नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २२ वर्ष अघि बहुउद्देश्यीय कृषि स्रोत परिचालन केन्द्रबाट कार्य आरम्भ गरेको सो संस्था २०५६ सालमा विधिवत रुपमा बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा दर्ता भई हाल नवयुव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा क्रियाशिल छ । संस्थामा हाल २ हजार ३५ जना शेयर सदस्य र २ वटा संस्था आवद्ध छन...

आपसी सद्भावकालागि मैत्रीपूर्ण फुटबल

आपसी सद्भावकालागि मैत्रीपूर्ण फुटबल
इनरुवा असोज ७/सुनसरीको साविक चाँदबेला र नरसिंह गाविसमा यूएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता नामक कार्यक्रम संचालनमा छ । नरसिंहमा सामाजिक विकास केन्द्रले स्थानीय तहमा कार्यक्रम संचालन गर्दै आएको छ भने चाँदबेलामा संकल्क सिबिआर नेपाल इनरुवा सुनसरीले उक्त कार्यक्रमलाई निरन्तरता दिदैंआएको छ । कार्यक्रमको प्रमुख उद्येश्य समाजमा सद्भाव र एकआपसमा आपसी सद्भाव कायम गराउनु हो । जसकालागि...

तिमल्याहा सन्तान जन्मे पनि उपचार अभावमा एकको मृत्यु

तिमल्याहा सन्तान जन्मे पनि उपचार अभावमा एकको मृत्यु
६ असोज, अमर काफ्ले इनरुवा । देवानगंजमा एक ऋषिदेव परिवारकी महिला रुनादेवीले तिमल्याहा बच्चा जन्माएपनि उपचार अभावका कारण एक बच्चाको मृत्यु भएको छ । देवानगंज गाउँपालिका वडा नम्वर २ बस्नै सुरेश ऋषिदेवकी पत्नी रुनादेवीले दुई दिन अघि तीन बच्चा जन्माउनु भएको थियो । जन्मेका तीनवटै सन्तान छोरी रहेका थिए । उपचार अभावमा एक शिशुको भने आज विहान मृत्यु भएको हो । बाँकी दुई शिशुलाई बचाउन समेम ऋषिदेव परिवारलाई ...

हाम्रो सञ्जालद्धारा इनरुवामा रक्तदान

हाम्रो सञ्जालद्धारा इनरुवामा रक्तदान
६ असोज, अमर काफ्ले  इनरुवा । सामाजिक सेवा दिवसको अवसरमा इनरुवामा हाम्रो सञ्जाल नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  भगवती माविको हातामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष सितोष पोखरेलले बताए । रगतको अभाव हुन नदिन र बढ्दो मागलाई ध्यानमा राखी रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रमेश कटवालले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व...

सुनसरीमा टोल टोलमा प्रहरी अभियानको थालनी

सुनसरीमा टोल टोलमा प्रहरी अभियानको थालनी
६ असोज, इनरुवा । शान्ति सुरक्षा र शुसासन कायम गर्ने उद्येश्य साथ सुनसरीमा प्रहरी हाम्रो टोलमा नामक अभियान थालनी गरिएको छ । जनतासँग प्रहरी, प्रहरी मेरो साथी जस्ता कार्यक्रम संचालन गर्दै आएको नेपाल प्रहरीले सुनसरीबाट प्रहरी हाम्रो टोलमा अभियान सुरु गरेको हो । शान्ति सुरक्षा र शुसासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नाराका साथ अभियानको थालनी गरिएको हो । नेपाल प्रहरीले उक्त अभियानलाई देशभरका जिल्ल...

विश्व शान्ति दिवसमा मैत्रीपूर्ण फुटबल र वृक्षारोपण

विश्व शान्ति दिवसमा मैत्रीपूर्ण फुटबल र वृक्षारोपण
५ असोज, इनरुवा । विश्व शान्ति दिवसको अवसरमा इनरुवामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । यूएनडिपीको सामाजिक सद्भाव कार्यक्रम लागु रहेको सुनसरीको साविक चाँदबेला र नरसिंह गाविसका यूवावीच मैत्री पूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । नगरप्रमुख राजन मेहताले प्रतियोगिताको उद्घाटन गरेका थिए । आपसी सम्वन्ध र सामाजिक सद्भाव अभिवृद्धिका लागि दुई भिन्न समूदाय र गाउँवीच प्रतियोगिता आयोजना ...

परेवा उडाएर संविधान दिवस सम्पन्न

परेवा उडाएर संविधान दिवस सम्पन्न
इनरुवा असोज ४/इनरुवा नगरपालिकाको कार्यालयले शान्तिका प्रतिक जोडी परेवा उडाएर संविधान दिवस समापन गरेको छ । भगवती मन्दिर परिषरमा विशेष कार्यक्रमको आयोजना गरी नगरप्रमुख राजन मेहताले परेवा उडाएर दिवस समापनको घोषणा गरे । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो । सहभागिहरुले सामूहिक रुपमा परेवा उडाएका थिए । संविधान दिवस...
trusted online casino malaysia