वृद्धवृद्धा भन्छन – थोरै भएनी सरकारले माग सम्बोधन गर्यो

वृद्धवृद्धा भन्छन – थोरै भएनी सरकारले माग सम्बोधन गर्यो
असार १७ इनरुवा /आफ्ना मागहरु सबै पुरा नगएपनि सामाजिक सुरक्षा भत्ता वृद्धि गराएकोमा वृद्धवृद्धाहरुले वर्तमान सरकार प्रति आभार व्यक्त गरेका छन् ।सुनसरीको इनरुवामा अग्रज समाज नेपालले आयोजना गरेको कार्यक्रमका सहभागि उनिहरुले अझपनि सरकारबाट निकै अपेक्षा गरिएको बताएका हुन् । देशव्यापी उत्सव र्यालीमा निस्केको अग्रज समाज नेपालको टोलीले इनरुवा नगरपालिकामा स्थानीय वृद्धवृद्धाहरुलाई भेटी राय सुझाव बुझ्न...

सरकारी सेवा तथा अधिकार बारे जागरण

सरकारी सेवा तथा अधिकार बारे जागरण
असार १७ इनरुवा /सरकारी कार्यालयबाट प्रदान हुने सेवा सुविधाका साथै जनताका अधिकारको सुनिश्चितता बारे सरोकारवालाहरुले सामूहिक छलफल गरेका छन् । सुनसरीको इनरुवामा जागरण नेपालले सरकारी सेवा प्रवाह र जनताको पहुँचको बारे सरोकारवालावीच अन्र्तकृया चलाइएको हो । कार्यक्रममा स्वास्थ्य, शिक्षा र खाद्यान्यमा सर्वसाधारणको पहुँचबारे चर्चा गरिएको थियो ।सो कार्यक्रममा संघसस्थाका प्रतीनिधी, वडा नागरिक मंच, महिला ...

इनरुवामा रमजानको इफतार सम्पन्न

इनरुवामा रमजानको इफतार सम्पन्न
असार १७ इनरुवा/२० दिन अघि देखि जारी इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको २३औं दिन सुनसरी सदरमुकाम इनरुवामा इफतार कार्यक्रमको आयोजना गरिएको छ । इनरुवाका पूर्व मेयर तथा नेकपा एमालेका प्रदेश नम्वर १ सदस्य खेमराज पोखरेलको आयोजनामा सम्पन्न सो इफतार कार्यक्रममा एक सय बढी भक्तालुहरुको सहभागिता रहेको थियो । साँझ ६ः५७ बजेको मगरिफ अजानसँगै सुरु भएको इफतारमा विभिन्न परिकारका खानेकुराहरुको...

सर्पको टोकाइले गयो मधेशामा एक बालकको ज्यान

सर्पको टोकाइले गयो मधेशामा एक बालकको ज्यान
इनरुवा असार १६/सर्पको टोकाइबाट सुनसरीको मधेशा ४ घोपाली टोलका एक बालकको ज्यान गएको छ । घरको कोठामा सुतेको अवस्थामा सर्पको टोकाइले मातृका कोइरालाका २ वर्ष ९ महिनाका छोरा मञ्जित कोइरालाको मृत्यु भएको हो । परिवारका अनुसार भ्यागुतोलाई लखेट्दै आएको सर्पको डसाइले बालकको ज्यान गएको हो ।

शौचालयमा मृत भेटिए स्वर्णकार

शौचालयमा मृत भेटिए  स्वर्णकार
इनरुवा असार १६/सुनसरीको इनरुवा १ स्थित रहेको जानकी पाटी प्यालेसको शौचालयमा जिवन स्वर्णकार मृत भेटिएका छन् । ४० वर्षिय जिवन स्वर्णकार पाटी प्यालेसकै शौचालयमा घोप्टो परेको अवस्थामा मृत पाइएका हुन् ।सुनसरी प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा स्वर्णकारको घाटीमा मासु अड्किएको पाइएको छ ।भोज खाने क्रममा मासु अड्किएर उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

इनरुवामा महिला हिंसा नियन्त्रण कानुनी सचेतना

इनरुवामा महिला हिंसा नियन्त्रण कानुनी सचेतना
१४ असार, इनरुवा। सामाजिक विकासका साथिहरु, नेपाल नामक संस्थाले इनरुवा नगरपालिकाको सहयोगमा एक दिने महिला हिंसा नियन्त्रण कानुनी सचेतना तालिम सञ्चालन गरेको छ।उक्त तालिमको समुदघाटन समारोहको अध्यक्षता सामाजिक विकासका साथीहरु, नेपालका अध्यक्ष श्री बिनोद पसाद ढकालले गर्नु भएको थियो भने पमुख अतिथी नागरिक वडा मंच वडा नं.६ का संयोजक श्री बौवालाल मेहताले तालिमको समुदघाटन गर्नु भएको थियो ।कार्यक्रममा इनरुवा...

पूर्व तयारीमा रहन मातहतलाई सुनसरी प्रशासनको निर्देषन

पूर्व तयारीमा रहन मातहतलाई सुनसरी प्रशासनको निर्देषन
इनरुवा असार १३।असारको पहिलो सातामै जिल्लाका विभिन्न भुभाग बाढीका कारण डुबानमा परेपछि सुनसरी प्रशासनले विपद् व्यवस्थापनका लागि रणनीतिक योजना अघि बनाई अघि बढ्ने जनाएको छ ।जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको इनरुवामा आज बसेको बैठकले आगामी दिनमा आइपर्न सक्ने बाढीलाई दृष्टिगत गरी पूर्व तयारी लगायतका गतिविधीलाई चुस्त राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको नेतृत्वमा बसेको स...

अाई डि बि, कुमारी, एन सि सि लगायतका ६ बैंकहरु गाभिएर एक बन्दै

अाई डि बि, कुमारी, एन सि सि लगायतका ६ बैंकहरु गाभिएर एक बन्दै
१० असार, काठमाडौँ ।बैंकहरुबीच फेरि एउटा ठूलो मर्जर हुने भएको छ ।नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कुमारी बैक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैक एक आपसमा गाभिने भएका हुन् । यी बैंकहरुको छुट्टाछुट्टै संचालक समितिको बैठकले यहि असार २९ गते विशेष साधरण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारण सभामा मर्जरको सन्दर्भमा यस अघि भ...

राजावादीको इनरुवामा मोर्चा गठन

राजावादीको  इनरुवामा मोर्चा गठन
इनरुवा असार ९/मुलुकमा अराजकता, वेथिति र अप्रजातान्त्रिक प्रकया अघि बढेको भन्दै त्यसका विरुद्ध भण्डाफोर अभियानका लागि राजावादीहरुले सुनसरीमा मोर्चा गठन गरेका छन् ।शाहीकालीन शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चा गठनबारे जानकारी गराएका हुन् । गुम्दो राष्ट्रियताको संरक्षण र दलीय स्वार्थबाट मुलुकलाई जोगाउन मोर्चा गठन गरिएको पत्रकार सम्मेल...

कोशीमा पानीको बहाव यस वर्षकै उच्च – प्रजिअ सहितको टोलीले गर्यो स्थलगत नीरिक्षण

कोशीमा पानीको बहाव यस वर्षकै उच्च – प्रजिअ सहितको टोलीले गर्यो स्थलगत नीरिक्षण
असार ८ इनरुवा /सप्तकोशी नदीमा पानीको वहाव उतारचढाव हुने क्रम जारी छ ।सप्तकोशीमा आज दिउँसो पानीको वहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।कोशी व्यारेजमा गरिएको मापन अनुसार सप्तकोशीमा दिउँसो १ लाख ८१ हजार ४ सय ६० क्युसेक प्रतिसेकेण्ड पानी रहेको थियो । गयराती १ लाख ४० हजारको हाराहारीमा वहाव मापन गरिएकोमा आज विहानैबाट सप्तकोशी नदीमा पानीको वहावमा क्रमश वृद्धि देखिएको थियो । दिउँसो नदीको वहावमा वृद्ध...
trusted online casino malaysia