रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम

रामधुनी नगरपालिकामा पुनः एकीकरण कार्यक्रम
रामधुनी नगरपालिका, सुनसरीमा पुनः एकीकरण योजना (ReMi) अन्तर्गत GALS अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्र २४ र २५ गते रोजगार सेवा केन्द्रको आयोजनामा आयोजित दुई दिने कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै सामाजिक, आर्थिक तथा मनोसामाजिक पुनः एकीकरणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको हो। वडा नं. ५ का अध्यक्ष लेखनाथ वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्...

अरूको सट्टा SEE परीक्षा दिँदै गरेकी युवती पक्राउ

अरूको सट्टा SEE परीक्षा दिँदै गरेकी युवती पक्राउ
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। सामाजिक विषयको परीक्षा चलिरहेकै क्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा घटना सार्वजनिक भएको हो। अनुगमनका क्रममा सलमा अजहरको सट्टा परीक्षा दिँदै गरेकी २० वर्षीया नुसरत बानो फेला परेकी हुन्। उनी सोही क्षेत्...

मन्त्री मन्सुरीको सुनसरी बहुमुखी क्याम्पसमा अनुगम

मन्त्री मन्सुरीको सुनसरी बहुमुखी क्याम्पसमा अनुगम
इनरुवा। कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले शुक्रबार सुनसरी बहुमुखी क्याम्पस इनरुवाको अनुगमन गर्नुभयो। अनुगमनका क्रममा क्याम्पसमा रहेका समस्या र तिनका समाधानका विषयमा क्याम्पस प्रशासनसँग विस्तृत छलफल भयो। क्याम्पस हाताभित्र रहेको भौतिक संरचनाको अवस्था, सरसफाइ तथा स्तरीय शिक्षाको बारेमा मन्त्री मन्सुरीले गहिरो चासो व्यक्त गर्नुभयो। क्याम्पसको मुख्य प्रवेशद्व...

सुनसरी क्याम्पस इनरुवामा निःशुल्क कम्प्युटर तालिमको प्रवेशिका परीक्षा सम्पन्न

सुनसरी क्याम्पस इनरुवामा निःशुल्क कम्प्युटर तालिमको प्रवेशिका परीक्षा सम्पन्न
इनरुवा। नेपाल विद्यार्थी संघ इकाई समितिको आयोजनामा हुनलागेको निःशुल्क आधारभूत कम्प्युटर तालिम छनौट प्रक्रियाका लागि शुक्रबार प्रवेशिका परीक्षा सम्पन्न भएको छ। क्याम्पसका विभिन्न संकायमा अध्ययनरत ६२ जना विद्यार्थी उक्त परीक्षामा सम्मिलित भएका थिए। प्रवेशिका परीक्षाको माध्यमबाट छनौट भएका २० जना विद्यार्थीहरूलाई इनरुवा १ शान्ति चौकमा रहेको Inaruwa CSE पूर्ण रूपमा निःशुल्क तालिम प्रदान गरिने ने...

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका लागि अलग अलग छात्रावास निर्माण हुने भएको छ । छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरे । झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण हुने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत बजेट छुट्याएर पहिलो किस्तामा एक करोड ४२ ला...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट उनलाई अध्यक्षमा चयन गरिएको हो। अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ, सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन ...

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार

हरिनगरमा २१७ केजी गाँजासहित सिटी सफारी फेला, चालक फरार
सुनसरी — सुनसरीको हरिनगर गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा प्रहरीले २१७ केजी गाँजा बरामद गरेको छ। फागुन २७ गते राति करिब ११:१० बजे गौतमपुरबाट हरिनगर तर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्बरको सिटी सफारीलाई प्रहरी चौकी भुटाहाबाट खटिएको गस्ती टोलीले रोक्न खोज्दा चालक नरोकी फरार भएको प्रहरीले जनाएको छ। पछि इलाका प्रहरी कार्यालय हरिनगर, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खट...

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ
इनरुवा। सुनसरीको कोशी गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष दासलाई सामुदायिक कुकुरलाई कुटपिट गरी मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार फागुन २४ गते बिहान करिब ६ बजे दासले आफ्नो मकैबारीमा आएको भन्दै एउटा सामुदायिक कुकुरलाई लठ्ठीले कुटपिट गरी मारेको भन्ने जाहेरी परेको थियो। सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई फागुन २७ गते दिउँसो ३:२० बजे आफ्नै घरबाट पक्...

सुनसरीमा समेत नयाँको दबदबा

सुनसरीमा समेत नयाँको दबदबा
इनरुवा। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार जिल्लाभर कुल ५ लाख ८० हजार ९ सय ४५ मतदाता दर्ता रहेका थिए। तीमध्ये महिला मतदाता २ लाख ८६ हजार ६ सय ९१, पुरुष २ लाख ९४ हजार २ सय ५२ र अन्य २ जना रहेका थिए। निर्वाचनमा कुल २ लाख ६९ हजार २ सय ७८ मत खसेको छ, जसले जिल्लाको समग्र मतदान प्रतिशत ६३.५७ प्रतिशत रहेको देखाउँछ। यस पटकको निर्व...

सुनसरीका चारै क्षेत्रको समानुपातिक अन्तिम मत परिणाम सार्वजनिक

सुनसरीका चारै क्षेत्रको समानुपातिक अन्तिम मत परिणाम सार्वजनिक
सुनसरी जिल्लाका चारै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार घण्टी चिन्हले सबैभन्दा बढी मत प्राप्त गरेको छ। अन्तिम मत परिणाम अनुसार: घण्टी – १,७८,३३३ रूख – ५२,३८३ माटो – ४५,६९४ सूर्य – ३५,८९२ तारा – १०,०७९ यस परिणामसँगै सुनसरी जिल्लामा समानुपातिकतर्फ विभिन्न दलहरूले प्राप्त गरेको मतको अन्तिम चित्र सार्वजनिक भएको हो।
trusted online casino malaysia